नारायणगढमा ‘सुपर जनरल’ को शो रुम

नारायणगढ – भरतपुर महानगरपालिका १ लीलाचोक नारायणगढमा सुपर दुबईको ब्राण्ड ‘सुपर जनरल’ को शो रुम सञ्चालनमा आएको छ ।
सुपर जनरलको अधिकारिक बिक्रेताको रुपमा अल्फा ईलेक्ट्रोनिक्स सञ्चालनमा आएको हो । आज (बिहीबार) बाट सञ्चालनमा आएको ईलेक्ट्रोनिक्सको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।
यस अघि छुट्टा छुट्टै व्यवसाय गर्दै आएका चार युवाहरुको संयुक्त लगानीमा अल्फा ईलेक्ट्रोनिक्स सञ्चालनमा आएको आएको हो । अल्फा ईलेक्ट्रोनिक्समा सुपर जनरल ब्राण्डको टिभी, फ्रिज, वासिङ मेसिनलगायतका साना ठूला घरायसी तथा कार्यालयका लागि आवश्यक ईलेक्ट्रोनिक्स सामान प्राप्त गर्न सकिने सञ्चालक गौरव घिमिरे (विक) ले जानकारी दिए ।
सबै ईलेक्ट्रोनिक्स सामानमा वारेन्टी र ग्यारेन्टी रहने उनले बताए । शो रुमसँगै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याईएको छ । उक्त ब्राण्डको कुनै पनि सामानमा समस्या आए शो रुमकै सर्भिस सेन्टरले मर्मत गर्ने उनले बताए । सर्भिस सेन्टरमा २४ घण्टा भित्र नै मर्मत गरिनेछ । २४ घण्टा भित्र मर्मत हुन नसके उक्त सामान फिर्ता गरेर ग्राहकलाई नयाँ सामान दिईने उनले जानकारी दिए ।
शुभरम्भको अवसरमा एक सातासम्मका लागि सामान अनुसार ५ देखि १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । सुपर जनरलको बागमती र गण्डकी प्रदेशमा गरी १२ वटा शो रुम सञ्चालनमा छन् । नेपालमा गोल्छा अर्गनाइजेसनको डि इन्टरनेशनलले सुपर जनरल ब्राण्डको सामान भित्राउने गरेको छ ।
तपाइँको प्रतिक्रिया