आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उनले बजेट सकारात्मक आएको बताएका हुन् । त्यसैले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत उनले बताए ।
पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताए । उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताए । यस्तै, आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको पुनको भनाइ छ ।
यस्तै, थप ५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य समेत स्वागतयोग्य रहेकाले बजेट समग्रमा प्रशंसनीय आएको पुनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया