कबड्डी–४ की नायिकाविरुद्ध प्रदर्शन, पक्राउ परेका युवकलाई रिहा गर्न माग

काठमाडौं – ‘कबड्डी–४’ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन भएको छ ।
आज (मंगलबार) बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् । उनीहरुले फिल्मको पोस्टर समेत जलाएका छन् ।
उनीहरुले नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
तपाइँको प्रतिक्रिया