चितवनमा बस र ट्रक ठक्कर खाँदा तीन यात्रु घाइते

चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
आज (मंगलबार) बिहान ८:१५ बजे नारायणगढ मुग्लिन सडक अन्तर्गत ईच्छाकामाना गाउँपालिका ६ कालीखोलामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बसमा सवार तीन यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा ईच्छाकामना ६ कुयलघारीका ६९ वर्षीय जितबहादुर विक, भरतपुर २९ कि ४५ वर्षीया लालमाया गुरुङ र गोरखाको गोरखा नगरपालिका ८ कि ५२ वर्षीया चमेली उपरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते मध्ये विकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अन्य दुईको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
तपाइँको प्रतिक्रिया