काठमाडौंको होटलहरुका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ ।
मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।
यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए ।
तपाइँको प्रतिक्रिया