चितवनमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन – चितवनमा बाघमा आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ कि ५५ वर्षीया सोतिमाता तामाङ रहेकी छन् ।
आज (सोमबार) दिउँसो ४ बजे चितवन राष्टिय निकुञ्ज भित्र घाँस काटने उनलाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घटनास्थलमा अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालयबाट भण्डाराबाट प्रहरी टोली पुगिसकेको छ । घटनास्थल र शव जाँच मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया