वन्यजन्तुबाट भएका क्षतिको मुआब्जाका लागि निकुञ्जसँग समन्वय गर्छौं : उप-प्रमुख अधिकारी

भरतपुर – भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले वन्यजन्तुबाट भएका क्षतिको मुआब्जाका लागि चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय हुने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजना र निकुञ्जको समन्वयमा आज कसरामा भएको वातावरण र बिकासको अधिकार विषयक प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै उप-प्रमुख अधिकारीले यस्तो बताएका हुन् ।
यस्तै उनले वातावरण र निकुञ्जलाई असर नपर्ने गरि बिकास गर्न आवश्यक रहेको समेत औंल्याए । उनले भने, ‘बिकास र वातावरण दुबै नबिग्रने गरि समन्वय गरेर अगाडि बढनु पर्छ ।’ उप-प्रमुख अधिकारीले माहानगर खर रहित घर बनाउने अभियानमा जुटेको पनि जानकारी दिए ।
सम्मेलनमा निकुञ्जका प्रमुख सरक्षण अधिकृत हरिभद्र आचार्यले वातावरण र बिकासको अधिकारका सम्बन्धमा स्थानीय सरकारसँग समन्वय हुनु पर्नेमा जोड दिए । निकुञ्जलाई अहिले वन्यजस्तुको बासस्थान र आहारा चुनौतीको विषय बनेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले यस्ता समस्या समाधानका लागि स्थानीय सरकार, निकुञ्ज, सरक्षणकर्मी र मानव अधिकारकर्मीले अग्रसरता देखाउनु पर्नेमा जोड दिए ।
मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जबाट प्रभावित क्षेत्रका जनतालाई बासस्थानको प्रत्याभूत नगराउदासम्म संरक्षणमा चुनौती रहिरहने बताए । ढुङ्गानाले राज्यले छुट्टै निति बनाएर निकुञ्ज आसपासमा रहेका जनताको संरक्षण गर्नु पर्नेमा जोड दिए । भरतपुर २५ का वडा अध्यक्ष छबिलाल सापकोटाले वन्यजतु र मानवबीचको सुमधुर सम्बन्ध रहने गरि निति निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने सुझाव दिए ।
सम्मेलनमा २२ वटा मध्यबर्ती क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको छ । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको सख्या २ सय ३५ रहेको छ भने चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा मात्रै बाघ रहेका छन् । त्यसैगरी सन २०२१ को गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैडा रहेकोमा चितवनमा ६ सय ९४ छन् । चितवन राष्ट्रिय निकुञ्जमा ४० देखि ४५ वटा जगली हात्ती रहेका छन् भने निकुञ्जको दैनिक गस्ती पेट्रोलियम सुरक्षाको लागी प्रयोग हुने घरपालुवा हात्तीको सख्या ५५ भन्दा माथी रहेको छ ।
तपाइँको प्रतिक्रिया