पाँच वर्षे कार्यकालमा बिकासको गति नसोचेको ढंगबाट अघि बढ्छ : उपमेयर अधिकारी

भरतपुर – भरतपुर माहानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले भरतपुरको वडा न १४ र १५ मा अन्तरराष्ट्रिय स्तरको बिकास भएको बताएका छन् । भरतपुरका २९ वटा वडा मध्य सबै भन्दा धेरै बिकास १४ र १५ मै भएको भन्दै अबको मेरो पाँच वर्षे कार्यकालमा बिकासको गति नसोचेको ढंगबाट अगाडि बढने बताएका हुन् ।
सरस्वती युवा क्लब भरतपुर १५ ले आज (सोमबार) शिवनगरमा आयोजना गरेको भरतपुर माहानगर उप-प्रमुख सहित १४ र १५ नम्बरका निर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले अनुदानहरुमा कसैलाई पनि कन्जुस्याइँ नगर्ने समेत बताए ।’महानगरले सबैलाइ समान दृष्टिकोणबाट हेर्छ, उनले भने, ‘ यसमा म प्रतिवद्ध छु ।’
कार्यक्रममा न १४ का वडा अध्यक्ष राजेन्द्र साखिले आफू सधै वडाबासीको साथमा रहेको बताए । उनले जनप्रतिनिधिको नाताले बिकासका काममा अहोरात्र खट्ने समेत उनले प्रतिवद्धता जनाए ।
यस्तै १५ नम्बरका वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले वडाबासीको विश्वास टुट्न नदिने बताए । कार्यक्रममा नेपाली कांग्रेस भरतपुर १५ का सभापति ज्योति प्रसाद कंडेल, कांग्रेस क्षेत्र नम्बर ३ का सचिव सृजना पाण्डे, जयशिव गणेश दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधि शिवराज न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया