स्टार्स मन्टेश्वरीले देवघाटको आश्रमका बालिकासँग मनायो वार्षिकोत्स

चितवन – भरतपुरको मालपोतचोकस्थित स्टार्स मन्टेश्वरीले १२ औं वार्षिकोत्सव मनाएको छ । मन्टेश्वरीले देवघाटस्थि त श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुसँग खुशी साट्दै आश्रममा रहेका बालिकासँग खुसी साट्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा आज आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाईएको थियो । मन्टेश्वरीकी सञ्चालक जानकी खड्काले आश्रम आउँदा आश्रमका बालबालिका र मन्टेश्वरीमा आउने बालबालिकामा धेरै फरक पाएको बताइन् । उनले मन्टेश्वरीमा आउने बालबालिकालाई सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिइने बताइन् ।
आश्रमका बालिकाहरुले मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षकशिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन समेत गरेका थिए । मन्टेश्वरी २०६७ सालमा स्थापना भएको थियो ।
तपाइँको प्रतिक्रिया