बाबुराम भट्टराई गरे वृद्धभत्ता नलिने घोषणा

एटुजेड समाचार

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति असन्तुष्ट व्यक्त गर्दै नलिने घोषणा गरेका हुन् ।

‘म ६८ वर्षमै वृद्धभत्ता लिएर राज्यलाई बोझ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने घोषणा गर्छु ।’ भट्टराईले पैसा छर्ने काम गरेको भन्दै असन्तुष्टि समेत जनाए । उनले सामाजिक सुरक्षामा उमेर घटाउनु ठिक नभएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू