काठमाडौं – सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरूदण्ड पक्षघात भएका बिरामीहरूलाई महिनामा पाँच हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी बिरामीलाई औषधि र उपचार खर्चवापत् मासिक ५ हजार रूपैयाँ दिने घोषणा गरेका हुन्। यो कार्यक्रमका लागि सरकारले एक अर्ब ५० करोड रूपैयाँ बजेट छुट्याएको छ।