सरकारक्को बजेटमा समेटियो निजगढ विमानस्थल

एटुजेड समाचार

काठमाडौं – सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू