पोखरा – पोखराबाट १९ जना यात्रु लिएर तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएपछि विमानस्थलमा आफन्तको रुवाबासी चलेको छ । जहाजमा सवार यात्रुका आफन्तहरु पोखरा विमानस्थल पुगेका छन् ।
१९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको हो । खराब मौसमका कारण खोजीमा समस्या भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तस्बिरः न्युज कारखाना