बेपत्ता विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

एटुजेड समाचार

काठमाडौं – सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू