हराएको विमान खोजीका लागि मौसम बाधक, हेलिकप्टर उड्नै सकेन

काठमाडौं – सम्पर्कबिहिन तारा एयरको विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ। मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।
आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो ।
तपाइँको प्रतिक्रिया