पूर्वी चितवन तमु समाजद्धारा प्रहरी निरीक्षक गुरुङ सम्मानित

एटुजेड समाचार

चितवन – पूर्वी चितवन तमु समाजले ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङलाई सम्मान गरेको छ। आज (शनिबार) एक कार्यक्रमका बीच समाजले गुरुङलाई सम्मान गरेको हो ।

यस अघि समाजले वुद्ध जयन्तीको अवसर पारेर गुरुङलाई सम्मान गर्ने कार्यक्रम तय गरेको थियो । तर कारणबस उक्त दिन हुन नसकेको कार्यक्रम आज आयोजना गरिएको हो ।

समग्र गुरुङ जातिको पहिचान र इज्जत बनेर जनताको जन धनको सुरक्षाको निमित्त अहोरात्र खटेको भन्दै उनलाई सम्मान गरिएको समाजका अध्यक्ष लेखबहादुर गुरुङले बताए ।

गुरुङ हालै मात्र ईलाका प्रहरी कार्यालय भण्डाराको प्रमुखको रुपमा सरुवा भई आएका हुन् । हालै मात्र यस क्षेत्र आए लगत्तै प्राप्त सम्मानले हौसला मिलेको प्रहरी निरीक्षक गुरुङले बताए । जनताको सुरक्षाको निमित्त २४ सै घण्टा खटिन आफु तयार रहेको समेत उनले  बताए ।

राप्ती पत्रकार मञ्चका अध्यक्ष राजनदिल गुरुङले कर्मठ र अनुशासित प्रहरीको रुपमा जनताको सेवामा लाग्न आग्रह गर्दै उनको प्रगतिको कामना गरे ।

यसैबीच समाजले राप्ती नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरेको छ । समाजले नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामालगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू