पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक दुबैतर्फी खुल्यो

एटुजेड समाचार

चितवन – सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड दुबैतर्फी खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो स्थित नाग्दी खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाएर साँझ ७:१५ बजेबाट बाटो दुबैतर्फी खुलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस अघि आज ५:२० बजे पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको गरेको ग१ख-९९०९ नम्बरको हाईस र प्र ३-०१-०२३च-०५३५ नम्बरको कारमा सुख्खा पहिरो खसेको थियो ।

पहिरोले कार र हाईसमा क्षती पुग्नुका साथै एक जनामा घाइते भएका थिए । घाइते हुनेमा हाईस चालक नवलपुरको कावासोती नगरपालिका ७ का ३६ वर्षीय टिकाराम महतो रहेका छन् । पहिरोसँगै खसेको ढुङ्गाले उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू