भरतपुर १ को दुई निर्णय: विपन्नको नि:शुल्क स्वास्थ्य बीमा, कक्षा १२ सम्म नि:शुल्क शिक्षा

भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर १ को पहिलो बैठकले दुई निर्णय गरेको छ ।
वडाध्यक्ष केशव महर्जनसहित नवनिर्वाचित प्रतिनिधिहरुले पदभार ग्रहणपछि बसेको बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको हो ।
वडा भित्रका आर्थिक रुपले विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमाको निर्णय भएको वडाध्यक्ष महर्जनले बताए । यस्तै वडाले सम्पूर्ण विपन्न परिवारका एक सदस्य (विद्यार्थी) लाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने निर्णय पनि गरेको छ ।
विपन्न विद्यार्थीको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च वडाले उपलब्ध गराउने उनले बताए ।
तपाइँको प्रतिक्रिया