चितवनमा कार र हाईसमाथि पहिरो खस्दा एक घाइते, नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो स्थित नाग्दी खोला नजिकै नारायणगढ मुग्लिन सडकखण्डमा कार र हाईसमाथि पहिरो खसेको छ ।
आज (शनिबार) साँझ ५:२० बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको गरेको ग१ख-९९०९ नम्बरको हाईस र प्र ३-०१-०२३च-०५३५ नम्बरको कारमा सुख्खा पहिरो खसेको हो । पहिरोले कार र हाईसमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोका कारण हाईस चालक नवलपुरको कावासोती नगरपालिका ७ का ३६ वर्षीय टिकाराम महतो घाइते भएका छन् । पहिरो सँगै खसेको ढुङ्गाले उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण बाटो दुबैतर्फी रुपमा अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया