ईच्छुकको स्मृति दिवसमा प्रेस सेन्टर चितवनद्धारा दीप प्रज्वलन

एटुजेड समाचार

चितवन – प्रेस सेन्टर चितवनले सहिद पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको २० औं स्मृति दिवस मनाएको छ । प्रेस सेन्टरले शुक्रबार साँझ भरतपुरको चौबीसकोठीमा पत्रकारिता र साहित्यमा ईच्छुकको योगदानलाई स्मरण गर्दै दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा माओवादी केन्द्रका चितवन जिल्ला सचिव द्रोणबाबु सिवाकोटी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरकी केन्द्रीय सदस्य शान्ता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरूले ईच्छुकको सरल जीवन र पत्रकारिता एवं साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । प्रेस सेन्टर जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जिल्ला सचिव रवि अधिकारीको सहजिकरण गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू