ओली रन्थनिएका छन्, यस्तो बेला बसेर, उठेर, सुतेर जसरी पनि हुन्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए
उनले भने, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।
तपाइँको प्रतिक्रिया