मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’ पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे ।
तपाइँको प्रतिक्रिया