नारायणगढ मुग्लिन सडकमा दुई ट्रक एक आपसमा ठोक्किए, एक घाइते

चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् ।
आज (शनिबार) बिहान ५:५५ बजे इच्छाकामना ५ अन्तर्गत नारायणगढ मुग्लिन सडकको तीन नम्बर पुलमा नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ७८०४ र विपरित दिशातर्फ जाँदै गरेको लु २ ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परि ना ६ ख ७८०४ नम्बरको ट्रक चालक झापाको वुद्धशान्ती ३ का ४० वर्षीय मनोज धिमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खुट्टामा चोट लागेका उनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।
दुबै ट्रक घटनास्थलमा नै रहेकोले बाटो एकतर्फी मात्रै सुचारु रहेको प्रहरीले जनाको छ ।
तपाइँको प्रतिक्रिया