पूर्वी चितवनमा राप्ती पत्रकार मञ्च गठन, अध्यक्षमा गुरुङ

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामपप राप्ती पत्रकार मञ्च गठन भएको छ । आज (शुक्रबार) विरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
सो भेलाले तदर्थ समितिको उपाध्यक्षमा पूर्ण बहादुर मगर, सचिवमा सुरोज बराकोटी, सह-सचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई सर्वसम्मत चयन गरेको छ । तदर्थ समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा (चेपाङ्ग) र विवश पाठक रहेका छन् ।
राप्ती क्षेत्रका गतिविधि मिडियामा कम आउने भएकोले सो क्षेत्रका विषयवस्तुलाई समेट्न मञ्च गठन गरिएको अध्यक्ष गुरुङले बताए ।
तपाइँको प्रतिक्रिया