निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते ?

काठमाडौं – हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन्। आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ।
हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन्। अब २६८ जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ।
आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो। निर्वाचन ३५ हजार २२१ जनप्रतिनिधिको लागि भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।
आयोगका अनुसार नेपाली कांग्रेसबाट ५ हजार ५४८, नेकपा एमालेबाट ५ हजार २६, नेकपा (माओवादी केन्द्र)बाट २ हजार ७९, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट ६४३, नेकपा (एकीकृत समाजवादी)बाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला उम्मेदवार विजयी बनेका छन्। बाँकी विजयी हुने महिलाहरु अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु छन्।
प्रदेशक १ बाट २ हजार ४५५, मधेस प्रदेशबाट २ हजार ७७०, बागमति प्रदेशबाट २ हजार ३४७, गण्डकी प्रदेशबाट १ हजार ६२२, लुम्बिनी प्रदेशमा २ हजार १२४, कर्णाली प्रदेशमा १ हजार ५२४ र सुदूरपश्चिम प्रदेशममा १ हजार ५६० जना महिला उम्मेदवार विजयी बनेका छन्।
तपाइँको प्रतिक्रिया