पार्टीमा सुधार होइन जनतसँग गर्ने व्यवहारमा सुधार जरुरी छ : कांग्रेस उप सभापति खड्का

चितवन – नेपाली कांग्रेसका उप सभापति पुर्णबहादुर खड्काले आन्तरिक कुरा जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेस चितवनले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम बोल्दै सभापति खड्काले पार्टीमा सुधारको जरुरत नभएको तर जनतसँग गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने समय आएको पनि बताए ।
उनले आसन्न चुनाबमा दुइ तिहाइ ल्याउने गरि लाग्न पनि सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीको कमजोरीहरु स्वीकार गर्ने बेला आएको भन्दै मतदाताले कांग्रेसल्लाई फेरि एक चोटि हेर्न चाहेको समेत दाबी गर ।
‘स्थानीय तहको परिणामले मतदाताले कांग्रेस नै चाहिएको छ भन्ने प्रष्ट भयो’, खड्काले भने । संविधान र जनताको हक अधिकारको रक्षा गर्न पार्टीले ठूलो भूमिका रहेको भन्दै सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न जनताले कांग्रेस नै रोजेको उनको भनाई थियो ।
तपाइँको प्रतिक्रिया