पार्टीलाई पेशामुखी बनाउने चरीत्रसँग लड्न सभापति खनालको आग्रह

चितवन – नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई पेशामुखी बनाउन सकिन्छ भन्ने चरीत्रसँग लड्न कार्यकर्तासँग आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन, विश्वास दिलाउन र सेवामुखी बनाउन भन्दा पनि पेशामुखी बनाउने चरीत्रसँग लडन आवश्यक रहेको उनले बताएका हुन्।
कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै गर्दै सभापति खनालले लोकतन्त्रको पक्षमा गरिएको गठबन्धन फलदायी भएको बताए ।
कार्यक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगाएतले बोलेका थिए ।
निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कपि उपहार दिइएको थियाे । कांग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरि २ सय ३ जना निर्वाचित भएका थिए ।
तपाइँको प्रतिक्रिया