चितवन – नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत १५ किलोमा ग्यास बुलेटमा आगलागी भएको छ ।
आज (शुक्रबार) दिउँसो १२:५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको हो । भारतको उडिसास्थित पैरवी ग्यास कम्पनिबाट धादिङको श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर जाँदै गरेको बुलेटमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगको दिउँसो १:३५ बजे आगो नियन्त्रणमा लिईएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट बुलेटको क्याविन र अगाडिको टायर जलेको जलेको उन्ले बताए ।
कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण सडक अवरुद्ध रहेको छ ।