रूपन्देहीमा आयल निगमको डिपोमा तेल खन्याउँदा दुई वटा ट्यांकरमा आगलागी

रूपन्देही – रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको छ । आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।
प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका हेल्पर तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्।
तपाइँको प्रतिक्रिया