भरतपुरका उपमेयर भन्छन् : जनप्रतिनिधिले जनतालाई मुस्कानसहितको सेवा दिनुपर्छ

भरतपुर – भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जनताले मुस्कान सहितको सेवा खोजिरहेको बताएका छन् । जनता सेवा लिन आउदा जनप्रतिनिधिहरुले मुस्कानले स्वागत गर्न प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए ।
यस्तै कांग्रेसलाई बलियाे बनाउन जनप्रतिनिधिहरुसँग बर्षमा कम्तिमा २/३ पटक छलफल गर्ने वतावरण तयार गर्नुपर्ने उनको भनाई छ । उनले वर्षमा कम्तिमा दुई तीन पटक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्न अति आवश्यक रहेको औंल्याए । अधिकारीले सातै पालिकामा जनताको मन जित्ने गरि काम गर्न पनि आवश्यक रहेको पनि प्रष्ट पारे ।
यसैबीच कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताकाे मन जित्दै काम गर्ने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुले पाँच बर्ष पछि हुने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्ने बनाउन आफुहरु प्रतिबद्ध रहेको बताए ।
कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बाेल्ने जनप्रतिनिधिहरुले अन्य दलहरुलाई समेत प्रभाव पार्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सोही कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कपि उपहार दिइएको थियाे ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसको केन्द्रीय समिति उपसभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगाएतले बोलेका थिए ।
कांग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरि २ सय ३ जना निर्वाचित भएका छन् ।
तपाइँको प्रतिक्रिया