बालेन शाह भन्छन : काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु

काठमाडौं – काठमाडौं महानगरपालिकामा विजय भए पछि बालेन शाहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी र्याली सुरु गरेका छन ।
राष्ट्रियसभावाट सुरु भएको विजय र्याली उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा विजयी हासिल गरेका हुन ।
विजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । विजय र्याली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन ।
तपाइँको प्रतिक्रिया