भरतपुर महानगरको सिफारिस बिना सवारी साधन दर्ता गर्न नपाईने
भरतपुर – भरतपुर महानगरमा साना सार्वजनिक सवारी साधन दर्ता गर्न स्थानीय तहको सिफारिस चाहिने भएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले भरतपुर महानगरमा साना सार्वजनिक सवारी साधन दर्तामा नयाँ निर्णय गरेको हो ।
जस अनुसार अब भरतपुर महानगरपालिका रुट लिइ चल्न चाहने चार र तीन पाङग्रे साना सार्वजनिक सवारी साधन दर्ताका लागि महानगरको सिफारिस आवश्यक पर्ने भएको हो । मन्त्रालयले सिफारिस बिना कुनै पनि सवारी साधन दर्ता नगर्न यातायात सेवा कार्यालय चितवन र मकवानपुरलाई आदेश दिएको छ ।
जेठ ३ गतेको वाग्मती प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार भरतपुर महानगरपालिकाबाट साना चार पाङग्रे म्याजिक भ्यान तथा तीन पाङग्रे अटो रिक्सा जस्ता सार्वजनिक साधनहरुको चापको कारण सवारीलाई व्यवस्थित गर्न सो निर्णय गरिएको हो ।
तपाइँको प्रतिक्रिया