चितवन – भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित निश्चित भएको छ ।
भरतपुरमा अब १६ हजार ५६६ मत मात्रै गन्न बाँकी रहेकोले चित्रसेनको जित निश्चित भएको हो । सत्ता गठबन्धनबाट उपमेयरका उम्मेदवार चित्रसेनले हालसम्म ४५ हजार ८४० मत पाएका छन् ।
उनी एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङ भन्दा १८ हजार ६५९ मतले अगाडि छन् । १६ हजार ५६६ मत मात्रै गन्न बाँकी हुँदा चित्रसेन १८ हजार ६५९ मतले अघि रहेकोले उनको जित निश्चित भएको हो ।
राप्रपाकी हिमलाले अहिलेसम्म २७ हजार १८१ मत पाएकी छन् । सुरुवातदेखि नै पछि परेकी हिमलाको पराजय निश्चित भएको छ । राप्रपाले भरतपुरको मेयरमा एमालेलाई सघाउँदै उपमेयरमा गठबन्धनबाट हिमलालाई उठाएको थियो ।


