चितवन राष्ट्रिय निकुञ्जमा सिमसार दिवसमा १९ प्रजातिका विरुवा रोपियो

एटुजेड समाचार

चितवन – विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका विरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज एक सय विरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा विरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज शुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङ लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाली सेना, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरु, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु