भरतपुरको मेयरमा जगन्नाथले कटाए दश हजार मत

चितवन – भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दश हजार मत कटाएका छन् ।
७७ हजार ७९४ मत गणना हुँदा उनले दश हजार ६२४ मत पाएका छन् । उनी सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल भन्दा १९ हजार ५५२ र नेकपा एमालेका विजय सुवेदी भन्दा १३ हजार ५२२ मतले पछि छन् ।
रेनुले ३० हजार १७६ मत पाएकी छन् । उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीसँग ६ हजार ३० मतको अग्रता लिएकी छन् । विजयले हालसम्म २४ हजार १४६ मत पाएका छन् ।
उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३२ हजार ५५८ मत पाएका छन् । उनले राप्रपाकी हिमला गुरुङसँग १३ हजार ८५७ मतको अग्रता बनाएका छन् । हिमलाले अहिलेसम्म १८ हजार ७०१ मत पाएकी छन् ।
तपाइँको प्रतिक्रिया