भरतपुरमा रेनुले कटाईन् ३० हजार मत, विजयसँग ६ हजार बढीको अग्रता

चितवन – स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले ३० हजार मत कटाएकी छन् ।
७७ हजार ७९४ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनुले ३० हजार १७६ मत पाएकी छन् । उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीसँग ६ हजार ३० मतको अग्रता लिएकी छन् ।
विजयले हालसम्म २४ हजार १४६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दश हजार ६२४ मत पाएका छन् ।
उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३२ हजार ५५८ मत पाएका छन् । उनले राप्रपाकी हिमला गुरुङसँग १३ हजार ८५७ मतको अग्रता बनाएका छन् । हिमलाले अहिलेसम्म १८ हजार ७०१ मत पाएकी छन् ।
तपाइँको प्रतिक्रिया