रुखले किचेर तीन जनाको मृत्यु भएकोप्रति माओवादी केन्द्र चितवनद्धारा दु:ख व्यक्त

चितवन – नेकपा माओवादी केन्द्र चितवनले रुखले किचेर तीन जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।आज (शनिबार) माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका हुन् ।
हावाहुरीका कारण पोलहरु ढलेर विद्युत सेवा र खाने पानीमा समेत जटिल प्रभाव परेको भन्दै प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउन पनि विज्ञप्ति मार्फत सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
साथै जिल्लामा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुलाई सहजिकरणका लागि आग्रह गरिएको छ । राज्यका अंहरुलाई विपतको समयमा धैर्य गरी समाधानका लागि खट्न पनि माओवादी केन्द्र चितवनले आग्रह गरेको छ ।
शुक्रबार साँझ ७ बजे भीषण हावाहुरीको कारण रुख ढलेर भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट आउँदै गरेको ना२ह २२४७ नम्बरको अटोलाई किच्दा तीन जनाको मृत्यु भएको थियो ।
रुख ढलेर अटोलाई किच्दा चालक भरतपुर ११ लामाटोलका अन्दाजी ५०/५१ वर्षीय प्रदिप कुमार लामा र अटोमा सवार गोरखा गण्डकी गाउँपालिका ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षीय माया गुरुङको घटना स्थलमा नै मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रिया