निर्वाचनमा खटिएका चितवनका म्यादी प्रहरीलाई बिदाई
चितवन – स्थानीय तह निर्वाचनका लागि खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । निर्वाचनका लागि भर्ना भई खटिएका म्यादी प्रहरीलाई शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय चितवनले बिदाई गरेको हो ।
उनीहरुलाई चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीलगायतले बिदाई गरेका हुन् । ईमान्दार र अनुशासित आफ्नो डिउटी निर्वाह गरि कार्यकाल सम्पन्न गरेका म्यादी प्रहरीहरुलाई प्रमाणपत्र वितरण गरेर बिदाई गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
चितवनका प्रहरी प्रमुख अधिकारीले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न म्यादी प्रहरीले महत्वपूर्ण योगदान गरेको बताए । उनले राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका भन्दै धन्यवाद दिए ।
यस्तै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे । स्थानीय तह निर्वाचनका लागि चितवनमा एक हजार ६५१ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया