चितवनमा भीषण हावाहुरीका कारण रुख ढलेर च्यापिदा तीन जनाको मृत्यु
चितवन – चितवनमा भीषण हावाहुरीका कारण रुख ढलेर च्यापिदा तीन जनाको मृत्यु भएको छ ।
आज (शुक्रबार) साँझ ७ बजे भीषण हावाहुरीको कारण रुख ढलेर भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट आउँदै गरेको ना२ह २२४७ नम्बरको अटोलाई किचेको थियो ।
रुख ढलेर अटोलाई किच्दा चालक भरतपुर ११ लामाटोलका अन्दाजी ५०/५१ वर्षीय प्रदिप कुमार लामा र अटोमा सवार गोरखा गण्डकी गाउँपालिका ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षीय माया गुरुङको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
अटोमा सवार सोही स्थानका २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुल माया गुरुङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ
यस्तै हावाहुरीको कारण ढलेको रुखले किचेर भरतपुर ११ निवासी ४८ वर्षीय लोकनाथ न्यौपानेको मृत्यु भएको छ । भरतपुर ११ बसेनिचोकमा बिशाल चोकबाट आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई रुख ढलेर किचेको हो ।
ढलेको रुख हटाई बाटो सुचारु गरिएको प्रहरील जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा पठाईएको छ।
तपाइँको प्रतिक्रिया