भरतपुर १३ र १४ को गणना सुरु हुँदा रेनुले झनै बढाईन् अग्रता

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १३ र १४ को गणना सुरु भएको छ ।
अहिलेसम्म भरतपुर १३ मा पाँच सय मत गणना भएको छ । उक्त वडामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले दुई सय ४९ र नेकपा एमालेका उम्मेदवारले एक सय ८६ मत पाएका छन् ।
यस्तै भरतपुर १४ मा सात सय मत गणना भएको छ । यहाँको वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले तीन सय ५ मत पाउँदा एमालेले दुई सय ७० मत पाएको छ ।
१३ र १४ को गणना सुरु हुँदा महानगरको मेयरमा रेनु दाहालले झनै अग्रता बढाएकी छन् । यि वडाबाट रेनुले पाँच सय ५६ मत पाउँदा एमालेका विजय सुवेदीले तीन सय २९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक सय ३४ मत पाएका छन् ।
हालसम्म रेनु २३ हजार १५४ मतसहित अग्रस्थानमा छिन् । एमालेका विजयले १९ हजार ७२२ मत पाएका छन् । रेनु र विजयबीचको मतान्तर तीन हजार ४३२ पुगेको छ ।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेनले नौं हजार ८५४ मतको अग्रता लिएका छन् । हालसम्म उनले २५ हजार ३९२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १५ हजार ५३८ मत पाएकी छन् ।
तपाइँको प्रतिक्रिया