हेटौंडाको मेयरमा गठबन्धनकाबाट मीना लामाले अग्रता कायमै

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छन् ।
६८ हजार ९७८ मत गणना गर्दा लामाले २१ हजार ८०२ मत ल्याउँदा अग्रता कायम राखेकी हुन् । लामासँग एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ७०१ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् ।
लामा र पौडेलको मतान्तर २६६५ छ । त्यस्तै राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १९ हजार १३७ मत ल्याएका छन् ।
तपाइँको प्रतिक्रिया