चितवनको रत्ननगरमा मेयरसहित नौं वडामा कांग्रेस विजयी, एमालेलाई उपमेयरसहित पाँच वडा
चितवन – चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले मेयरसहित नौं वडा जितेको छ ।
रत्ननगरक्को मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भए । उनले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरे । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरिन्।
उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित भए। पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए।
रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक/एक वडा जितेका छन्। स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन्।
कुन वडा कसले जिते ?
रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो। वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए। सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए। यस वडामा माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको थियो।
रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे। अध्यक्षमा उम्मेदवारी दिएका माओवादी र समाजवादीका उम्मेदवार पनि पराजित भए।
रत्ननगर–३ को अध्यक्षमा कांग्रेसका सोहेन्द्र राज खरेलले १५ सय ८९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका गुप्तनाथ भट्टराईले ७८२ मत मात्र प्राप्त गरे।
रत्ननगर–४ को अध्यक्षमा कांग्रेसका रामकुमार चौधरीको प्यानल नै विजयी भएको छ। चौधरीले ९९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्र चौधरीले ५५१ मत मात्रै प्राप्त गरे।
रत्ननगर–५ को अध्यक्षमा कांग्रेसका बालकृष्ण चापागाईं ११ सय २६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण महतोले ९९८ मत मात्रै प्राप्त गरे।
रत्ननगर–६ को अध्यक्षमा कांग्रेसका किरण महतो एक हजार १६ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका लोकराज भुसालले ४११ मत ल्याए भने माओवादीका टिकारम खनालले २१६ र समाजवादीका गोकर्ण गिरीले २०२ मत ल्याए।
रत्ननगर–७ मा एमालेको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा एमालेका सजना महतो ११ सय ५९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका लालबहादुर भट्टले ८२९ मत मात्रै प्राप्त गरे।
रत्ननगर–८ को अध्यक्षमा कांग्रेसका कृष्ण चौधरी ११ सय ७१ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेकी गोकर्ण कुमारी महतोले ६५२ मत मात्र प्राप्त गरिन्।
रत्ननगर–९ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनन्त अधिकारीले एक हजार पाँच मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका घपन बहादुर तमाङले ७७८ र समाजवादीकी सरस्वती लामाले ५७६ मत ल्याइन्।
रत्ननगर–१० को अध्यक्षमा कांग्रेसकी कलाधर पौडेल १६ सय ३२ मत ल्याएर विजयी भइन्। एमालेका सन्देश पाठकले ९०४ मत मात्र प्राप्त गरे। रत्ननगर–११ को अध्यक्षमा एमालेका श्यामकुमार श्रेष्ठ ९२६ मत ल्याएर विजयी भए । कांग्रेसका दिलीपचन्द्र घिमिरेले ८५५ मत ल्याए।
रत्ननगर–१२ को अध्यक्षमा माओवादी केन्द्रका सुन्दरमणि सुवेदी ११ सय ८४ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता अर्याल लामिछानेले ९४८ र एमालेका रामशरण नेपालले ५७७ मत ल्याए।
रत्ननगर–१३ को अध्यक्षमा एमालेका पोटबहादुर घिमिरे १२ सय ७२ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका ईश्वरप्रसाद खनालले एक हजार १८ मत मात्र प्राप्त गरे।
रत्ननगर–१४ को अध्यक्षमा कांग्रेसका होमनाथ रानाभाट एक हजार ५५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका हरिकुमार श्रेष्ठले ९२९ मत मात्रै प्राप्त गरे।
रत्ननगर–१५ को अध्यक्षमा एमालेका आशिक तमाङ १४ सय ७८ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका दण्डपाणी लामिछानेले ९९० मत मात्रै प्राप्त गरे।
रत्ननगर–१६ को अध्यक्षमा एमालेका हेमराज थापा ९२७ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भए । निकटतम प्रतिस्पर्धी बद्रीप्रसाद अर्यालले ७८२ मत ल्याए।
तपाइँको प्रतिक्रिया