ओलीको गृहनगर दमकमा राप्रपा विजयी

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ।
नेकपा एमालेकी उम्मेदवार गीताकुमारी अधिकारीलाई ५५९ मतान्तर सहित राप्रपाका उम्मेदवार रामकुमार थापाले जित निकालेका छन्। थापाले १७५२५ मत र अधिकारीले १६९६६ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छिन्।भट्टराईले १७०७२ मत पाउँदा एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए ।
तपाइँको प्रतिक्रिया