भरतपुरको उपमेयरमा चित्रसेन सामु कमजोर देखिईन् हिमला, ९ हजार बढी भोटले पछि परिन्

एटुजेड समाचार

चितवन – एमाले-राप्रपा गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेकी हिमला गुरुङ सता गठबन्धनका उम्मेदवार सामु कमजोर देखिएकी छन् ।

नेपाली कांग्रेसका चित्रसेन अधिकारी हिमलालाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । हालसम्म ५५ हजार ५६० मत गणना भइसक्दा चित्रसेनले २३ हजार ४८७ मत पाएका छन् ।

राप्रपाकी हिमला चित्रसेनसँग नौं हजार ३४३ मतले पछि परेकी छन् । हालसम्म उनले ११ हजार १४४ मत प्राप्त गरेकी छन् ।

सुरुवातदेखि नै पछि परेकी हिमला चित्रसेनको छेउछाउ समेत पुग्न सकिनन् । एमाले-राप्रपा गठबन्धनले भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमलाई उम्मेदवार बनाएको थियो ।

मेयर उपमेयर दुबैमा सत्ता गठबन्धन नै अगाडि रहेको छ भने सत्ता गठबन्धन पछि परेको छ । मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २१ हजार ८५ मतसहित अग्रता लिइरहेकी छन् । एमालेका विजयले १७ हजार ८१८ मतसहित उनलाई पछ्याईरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत पाएका छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु