जनकपुरधाममा ‘बागी’ निरन्तर अगाडि

एटुजेड समाचार

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार उनले ६ हजार २९१ मत ल्याएका छन् ।नेपाली कांग्रेसका नगर सभापति समेत रहेका साह पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा यहाँ प्रमुख पद कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)लाई छोडेको थियो ।

मनोजकुमारलाई नेकपा (एमाले)का उमेदवार शिवशंकर साहले चार हजार १२३ मतसहित पछ्याइरहेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले दुई हजार ६४७, स्वतन्त्र उमेदवार बलराम महतोले दुई हजार १५३ मत पाएका छन् । गठबन्धनका तर्फबाट जसपाका उमेदवार लालकिशोर साहले एक हजार ८३८ मत ल्याएका छन् ।उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार किशोरी साह ६ हजार ९६६ मत ल्याएका छन् । एमालेकी रुणा झाले चार हजार ७०३ मतसहित पछ्याइरहेकी छन् । यस्तै, लोसपाकी उमेदवार रीताकुमारी मिश्रले दुई हजार ७०८ र स्वतन्त्र उमेदवार निर्मल चौधरीले दुई हजार १९१ मत पाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु