विजय जुलुसमा सहभागी हुँदा घाइते भएका सहनीको उपचारका क्रममा मृत्यु

एटुजेड समाचार

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । रंगेली प्रहरीका अनुसार ४० वर्षका राजकुमार सहनीको उपचारका क्रममा धरानस्थित विपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ ।

हिजो भएको दुर्घटनामा १३ जना घाइते भएका थिए । को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

एमालेको विजय जुलुसमा घाइते भएका स्थानीयलाई एमालेबाट विजयी भएका मेयर श्याम राजवंशी, उपमेयर मीरा दास र विभिन्न वडाका अध्यक्षले भेटी स्वास्थ्य लाभको कामना गरेका छन् । ११ जना घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु