पल शाह प्रकरण : मुद्दाको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित

पोखरा – जबरजस्तीकरणीको अभियोग लागेका अभिनेता पल शाहको मुद्दामा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा आज (बिहीबार) हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।
उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो । नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।
तपाइँको प्रतिक्रिया