भरतपुर ९ मा एमालेलाई हराउँदै नेकपा एसले जित्यो वडाध्यक्ष

एटुजेड समाचार

चितवन – चितवनको भरतपुर महानगरपालिका ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका यमलाल कंडेल निर्वाचित भएका छन् ।

नेकपा एमालेका लिलाबल्लभ भुसाललाई पाँच सय ५५ मतान्तरले पराजित गर्दै कंडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी कँडेलले एक हजार ९५८ मत प्राप्त गरे । पराजित एमालेका भुसाल एक हजार ४०३ मै सीमित भए ।

निर्वाचित कंडेल निवर्तमान वडाध्यक्ष समेत हुन् । उनी राजीनामा दिएर पुन: वडाध्यक्षमा उठेका थिए । सोही वडामा एमालेले तीन तथा नेपाली कांग्रेसले एक सदस्य जितेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु