बालेन स्थापितभन्दा ११ हजार मतले अगाडि, कसले कति पाए ?
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २२ हजार बढी मत पाएका छन्। अहिलेसम्मको ५८ हजार ८५० मत गणना गर्दा शाहले २२ हजार ८४२ मत पाएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्। बालेन र स्थापितबीचको मतान्तर ११ हजार छ । vनेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन्।
तपाइँको प्रतिक्रिया