धरानमा लौरोको अग्रता लगातार बढ्दै
काठमाडौं – सुनसरीको धरान उपमहानगरापलिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लगातार मत बढाउँदै गएका छन्।लौरौ चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका किशोर राईले ८ हजार ४७९ मत सहित दोस्रो स्थानमा झरेका छन् ।
साम्पाङ अहिले २१० मतले अग्रता लिएका छन्। यस अघिको राउण्डमा लौरोको १९१ मतको अग्रता थियो। त्यो भन्दा अगाडि १४७ मतको अग्रता थियो।नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी भने ६ हजार ९४६ मत सहित तेस्रो स्थानमा रहेकी छिन्।
तपाइँको प्रतिक्रिया